ज्याकी श्राफकी छोरी कृष्णाले गर्न लागेकी हुन् एक्टिङमा ‘डेब्यू’ ?
नयाँ दिल्ली । बलिउडका दिग्गज अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफले स्क्रिनमा डेब्यू गर्न लागेकी छन् । कृष्णा छिटै नै रोहित शेट्टीको चर्चित शो ‘खतरो के खिलाडी’को १४औं सिजनमा देखिँदैछिन् । अहिलेसम्म कृष्णा लाइमलाइटबाट टाढा रहँदै आएकी थिइन् । अब भने कृष्णाले टिभीमा डेब्यू गर्न लागेकी हुन् ।
२ वर्ष अघि नै पाएकी थिइन् ‘खतरो के खेलाडी’को अफर
रोहित शेट्टीले २ वर्ष अघि नै कृष्णालाई खतरो के खेलाडीमा सहभागी हुन अफर दिएका थिए । तर त्यतिबेला उनी यसको लागि तयार थिइनन् । त्यतिबेला आफू अलग्गै ‘स्टेट अफ माइन्ड’मा रहेको र मान्छेको सामु आउन तयार नरहेको बताइन् । हरेक चिजको सही समय हुने उनको भनाइ छ । अहिले आफू धेरै दर्शकसामु पुग्न चाहेको र यो निकै ठूलो मञ्च भएको पनि उनले बताइन् । ‘म’ को हुँ भनेर दुनियाँलाई देखाउन आफू तयार रहेको उनको भनाइ छ ।
कृष्णा प्रायः आफ्नो लूक र फिटनेसका कारण चर्चामा रहने गर्छिन् । उनी छिट्टै एक्टिङमा डेब्यु गर्ने अनुमान गरिएको थियो । यस्तोमा कृष्णाले आफ्नो एक्टिङ डेब्यूबारे पनि जवाफ दिएकी छिन् ।
‘दुई वर्ष अघि तपाई मलाई यो प्रश्न सोध्नु हुन्थ्यो भने म सिधा सिधा होइन भन्थे । तर अहिले यसबारे मेरो दृष्टिकोण झनै खुला भएको छ’ कृष्णाले भनेकी छिन् । कृष्णाले ‘खतरो के खेलाडी’मा जान लागेको कुरा पहिलो पटक दाइ तथा अभिनेता टाइगरलाई भनेकी थिइन् । ‘खतरो के खेलाडी १४’को शुटिङ रोमानियामा भइरहेको छ । यो आगामी महीना कलर्स टिभीमा प्रसारण हुँनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण