मोदी संसदीय दलका नेता छानिएपछि नितिशकुमारले के भने ?
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदी भाजपा नेतृत्वको गठबन्धन एनडीएको संसदीय दलको नेता चुनिएका छन् । संसदीय दलको नेताका रूपमा मोदीको चयनपछि एनडीए गठबन्धनका घटक दल बिहारका मुख्यमन्त्री नितिशकुमारले आफू पूर्णरुपमा मोदी नेतृत्वको सरकारको साथमा रहेको बताएका छन् ।
‘कसैले यताउता गर्न चाहन्छ भने पनि उसलाई कुनै फाइदा हुने छैन । त्यसैले म तपाईंलाई (नरेन्द्र मोदी)लाई बधाई दिन्छु । सबैले तपाईंको नेतृत्वमा काम गर्नेछन् .....हामी सबै यिनकै साथमा रहनेछौँ । हामी यिनकै भनाइलाई पछ्याउँदै अगाडि बढ्नेछौँ’ नीतिशले भनेका छन् । दश वर्षदेखि प्रधानमन्त्री फेरि प्रधानमन्त्री बन्नु ठुलो खुसीको कुरा भएको पनि उनले बताए ।
मोदीले सिङ्गो देशको सेवा गरेको र यसपटक पनि उनले यस्तै गर्छन् भन्नेमा आफूलाई पूर्ण विश्वास रहेको उनको भनाइ छ । आफूहरू पूरा समय मोदीको साथमा रहने र यसपटक केहीले कहीँ कहीँ जितेको भएपनि अर्को पटक सबैले हार्नेमा पनि उनले जोड दिए । आइतबार हुन गइरहेको मोदीको शपथ शुक्रबारै होस् भन्ने आफूहरूले चाहेको भएपनि जति छिटो काम होस् त्यति राम्रो भनेर पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण