गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति गरेका छौँ : मन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको बताएका छन् । शनिबार माओवादी निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार किलोमिटर बाटो कालोपत्रे भएकोमा अहिले १८ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए ।
गणतन्त्र अघि देशमा २० हजार किलोमिटर सडक रहेकोमा अहिले १ लाख ५ हजार किलोमिटर सडक पुगेको उनले बताए । उनले यो वर्ष हुम्ला सडक सञ्जालले जोडिएकोले अब कुनै पनि जिल्ला सडक सञ्जालबाट बाहिर नरहेको उल्लेख गरे ।
गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति भए पनि अब त्यसलाई गुणस्तरमा बदल्नेगरी बजेट आएको उल्लेख गरे । अन्य जागरणका कुरामा पनि परिवर्तन भए पनि जुन रूपमा जनताको जीवनस्तर फेर्नुपर्ने थियो त्यो रूपमा फेर्न नसकेको पुनले बताए ।
विश्व भूमण्डलीकरण भएकोले अहिले युवाहरू संसारभर पुगेको र त्यहाँको विकासलाई नेपालसँग तुलना गरेर असन्तुष्टि बढेको उनले बताए । उनले ३ सय वर्षअघि पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउँदै गर्दा बेलायत र अमेरिकामा औद्योगीकरणको विकास सुरु भएको बताउँदै अहिले विश्वमा भएको विकास खोज्नु र त्यहीअनुसार विकास गर्नु अहिलेको चुनौती भएको बताए ।
उनले भने– ‘अहिले हामीले गठबन्धन मार्फत, सरकारमार्फत सुरु गर्न खोजेको कुरा नेपालमा गर्न सम्भव छ भनेर आशा जगाउने, नेपाली जनता, युवाले केही गर्न सक्छन्, हामी जहाँ भए पनि नेपाल राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने सोच ल्याउन खोजेका छौँ । सन् १९६० मा नेपाल र कोरियाको अवस्था उस्तै उस्तै थियो, हामी उनीहरूलाई चामल बेच्थ्यौँ । उनीहरू युरोप अमेरिकाको अनुदानको मकै खान्थे । अहिलेकै युवा पुस्ताले सामसङ, हुण्डाई जस्ता ठुला ठुला बहुराष्ट्रिय कम्पनी बनाएका छन् । एउटा पुस्ताले दुःख भोग्यो र अर्को पुस्ताले देश उठाएको छ ।’
उनले कुनै बेला चीनको पनि आधा जनसङ्ख्या भोकमरीमा रहेको तर अहिले पूर्ण रूपमा चीनले गरिबीको अन्त्य गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । अहिले राजनीति र सङ्गठनमा आलोचना बिक्ने गरेको बताउँदै सकारात्मक सोच राख्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण