गण्डकीलाई हराउँदै हेल्प नेपालले जित्यो भलिबल लिगको उपाधि
काठमाडौँ । हेल्प नेपालले आठौँ प्रधानमन्त्री कप एनभिए पुरुष भलिबल लिग जितेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो ।
पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो । तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो ।
यता महिलातर्फको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लव बुटवललाई ३–२ ले पराजित गरेको हो ।
पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण