कोशी नाम खारेजीसँगै प्रदेश पुनर्संरचना माग
विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ । शुक्रबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमान्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको नभई लिम्बू, खम्बु, कोचिला, मधेसका जनताले पहिचान मागेको बताए । महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रूपमा स्थापित गर्ने उनको भनाइ थियो ।
उनले भने, ‘विगतमा केहीले विगतमा जबरजस्ती गोली चलाएर मधेस आन्दोलनको अन्त्य गर्ने प्रयत्न गरे । बन्दुक चलाएरै संविधान जारी गरे । विडम्बना त्यो संविधानमा जनताका समस्या लेखिएनन् । अन्ततः मधेस आन्दोलन सफल भयो । हामीले केही गर्न खोज्दा यो नस्लवादी शासकसँग सकेनौँ । हामी सबै पहिचानवादी यी शासकसँग निरीह बन्न पुग्यौँ ।’
अहिलेसम्म सात वटा संविधान बनेका भए पनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण