माधव नेपालको चेतावनी– भ्रष्टाचार र जाँडको घैँटोमा डुब्नेलाई छुट दिन सकिँदैन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले युवाका नाममा जाँड रक्सी खाएर घैँटोमा चुर्लुम्म डुब्नेहरूलाई पार्टीमा छुट दिन नसकिने बताएका छन् । साथै उनले त्यस्तालाई पार्टीमा स्थान समेत दिन नसकिने बताए ।
आइतबार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पार्टीको अस्तित्व जोगाउनु पहिलो कर्तव्य भएको पनि बताए । उनले पार्टीलाई बलियो बनाउने दोस्रो कुरा, पार्टीलाई सशक्त र क्रान्तिकारी बनाउन युवाहरूलाई आकर्षण गर्ने महत्त्वपूर्ण कुरा भएकाले असल चालचलन भएका युवाहरूलाई पार्टीले जहिल्यै अवसर दिने बताए ।
‘युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन सकिँदैन’, अध्यक्ष नेपालको भनाइ छ ।
उनले विचारमा प्रष्टता र अनुशासन पालन गर्नेहरूलाई स्वागत गर्नुपर्ने भन्दै लोकप्रियतावादका निकै ठुला भ्रम पार्ने कामहरू भइरहेकाले त्यसबाट बच्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण