उत्तर कोरियाले फेरि पठाउन थाल्यो दक्षिण कोरियामा फोहोर
सोल । उत्तर कोरियाले दक्षिण कोरियामा फेरि सयौँ झोला फोहोर पठाएको छ । दक्षिण कोरियाले उत्तरी सीमामा के–पप र के ड्रामाका यूएसबी स्टिक बोकेका झोलाहरू पठाएपछि सोको प्रतिकारमा उत्तरले पनि बेलुनमार्फत फोहोर पठाएको हो ।
शनिबार रातियता फोहोरको झोला बोकेका ३३० ओटा बेलुन सीमावर्ती क्षेत्रमा पठाइएको बताइएको छ । यी मध्ये ८० ओटा बेलुन आइतबार दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसीएस)को परिसरमा खसेको थियो ।
ती झोलामा रद्दी कागज र प्लास्टिकहरू पाइएको थियो । घातक वस्तु भने नभएको जेसीएसले बताएको छ ।
मे २८ यता उत्तर कोरियाले १ हजार ६० ओटा बेलुन पठाएको सीएनएनको ट्यालीले देखाएको छ । नयाँ चरणमा बेलुनमा फोहोर पठाएपछि आइतबार दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषद्ले आकस्मिक बैठक बोलाएको थियो ।
गएको हप्ता उत्तर कोरियाले १५ टन फोहोर बोकेका ३ हजार ५०० बेलुन छिमेकमा पठाएको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण