सहमतिमा संविधान संशोधन जरुरीः नेता केसी
सोमबार, २८ जेठ २०८१, १९ : ४५
चितवन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि संविधान संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि सर्वदलीय सहमति सृजना गर्न आवश्यक रहेको बताए । उनले भने, “संविधानमा देखिएको जटिलताका बीचमा जे जस्ता समस्या भोगेका छौँ । त्यसमा धेरै कुरा सुधार गर्न आवश्यक छ ।” अहिले जनमानसमा उठेका प्रश्नहरुको समाधानका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनले भनाइ राखे ।
उनले सबै जातजातिको प्रतिनिधित्व हुने गरी राष्ट्रियसभामा व्यवस्था गरिनुपर्ने धारणा राखे । समानुपातिक निर्वाचन प्रणाली मान्य हो भने यसका लागि पनि निर्वाचन क्षेत्रको व्यवस्था गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण