१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभलमा १० देशका २८ चलचित्र देखाइने
काठमाडौँ । आगामी ७ असारदेखि ९ असारसम्म काठमाडौँमा आयोजना हुने ‘१२ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२४’ मा नेपाल सहित १० देशका २८ वटा चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र चयन भएका छन् । विगत १३ वर्षदेखि आयोजना हुँदै आएको महोत्सव
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकाश बोर्डको सहआयोजनामा हुन लागेको हो ।
महोत्सवमा यसपटक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईका गरी नौ देशबाट ८ वटा अफ्रिकन चलचित्र चयन भएका छन् । जसमा फुल्स र द चेस्लर गरी २ वटा चलचित्र, वी ह्याभ नेभर बिन किड्स र ह्वाईट पोसन गरी २ वटा वृत्तचित्र छन् । यस्तै डाईनिज, अफस्प्रिङ, सर्भाईभर र इग्नोरेन्स इज अ लाईफस्टाईल गरी ४ वटा लुघ चलचित्र छन् ।
यसपटक १५ भन्दा बढी मुलुकका चार दर्जन भन्दा बढी अफ्रिकन चलचित्र, लुघ चलचित्र तथा वृत्तचित्र प्राप्त भएकोमा महोत्सवको लागि ८ वटा अफ्रिकन चलचित्र चयन गरिएको आयोजक पक्षले जनाएको छ ।
यस्तै महोत्सवमा नेपालबाट ७ वटा नेपाली र आदिवासी चलचित्र, ३ वटा वृत्तचित्र र १० वटा लघु चलचित्र गरी २ वटा चयन भएको हो । नेपालबाट ७३ वटा चलचित्र, वृत्तचित्र तथा लघुचलचित्र प्राप्त भएकोमा निर्णायक टिमले फेस्टिभलको लागि २० वटा चयन गरिएको हो ।
चयन भएको नेपाली तथा आदिवासी चलचित्रमा सरी मम, काँडेतार, गोर्खा वारियर, सनाखत, आफ्नै कर्म, लोजिमा र रित रहेका छन् । यस्तै वृत्तचित्र तर्फ जर्नी टु गोक्यो, काँचो बायु र चेसिङ द ड्रिम रहेका छन् । महोत्सवमा छानिएका नेपाली लघु चलचित्रहरुमा सिगरेट, आमा, ऐना, ढुकढुकी, घटेरो, हे दैव, जुत्ता, म्यारिज डे, मातृत्व र रोटेन ब्लड रहेका छन् ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको यसकी अध्यक्ष एवम् कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसनकी प्रिन्सिपल डा। मञ्जु मिश्रले जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण