सोमबार, ०३ असार २०८१
ताजा लोकप्रिय

राजनराज र सदिक्षाको ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक

मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । गायक राजनराज सिवाकोटी र गायिका सदिक्षा कट्टेलको स्वर रहेको गीत ‘खुर्सानीलाई बियाँ’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र थापाको शब्द र राजनराजको सङ्गीत छ ।

आफ्ना सिर्जनामा मौलिक सङ्गीत जोड्न खप्पिस राजनराजले ‘खुर्सानीलाई बियाँ’लाई डान्सिङ नम्बरको रुपमा तयार गरेका छन् । प्रसन्न पौडेल र प्रचण्ड पौडेल निर्देशित भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाको अभिनय छ । अडियो र भिडियो दुवै सशक्त छ । भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ ।

प्रकाश हमाल निर्माता रहेको भिडियोमा युमी बलामीका कोरियोग्राफी, राजुजङ्ग बस्नेतको सम्पादन, कुनालको कलर ग्रेडिङ र निशान पौडेलको छायाङ्कन छ । गीतको भडियो भेल्भेट भाइब्स इन्टरटेनमेन्ट प्रोडक्सनबाट निर्माण गरिएको हो ।

गायक तथा संगीतकार राजनराजको ‘सुर्के थैली खै’, ‘कुटुमा कुटु’, ‘फुलबुट्टे सारी’, ‘चेप्टे चेप्टे पेरुङ्गो’, ‘चरीले काफल टिप्यो’लगायतका गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन् ।

त्यस्तै सदिक्षाका गीत ‘माया रैछ र त भर रैछ नि’, ‘राजा रानी’, ‘चोरी चोरी’, ‘फर्की फर्की’ जस्ता हिट गीतमा पर्छन् । सदिक्षा ‘नेपाल आईडल सिजन २’ बाट उदाएकी गायिका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया