एमाले काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै, को-को छन् दाबेदार ?
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।
सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिए ।
अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण