भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
प्रचण्डले प्रधानमन्त्री मोदीलाई आफ्नो पहिलो भ्रमण नेपालबाट सुरु गर्न आग्रह गरेका हुन् । सो आग्रहमा प्रधानमन्त्री मोदीले आफूलाई पनि नेपाल जाने इच्छा रहेको बताएका थिए । तर, इटालीमा १३ जुनमा हुन गइरहेको जी ७ को बैठकमा जानु परेकाले त्यहाँबाट फर्केपछि नेपाल आउनेबारे सोच्ने प्रतिक्रिया दिएका थिए ।
प्रचण्डले सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीमा पनि यो विषय खुलाएका थिए । प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘शपथ ग्रहणपछिको पहिलो विदेश भ्रमण नेपालबाट सुरु गर्नुपर्यो भनेको छु, उहाँले स्विकार्नु भएको छ । म त पहिला नेपाल जान चाहेको हो तर अहिले जी ७ को बैठक इटालीमा भएको हुनाले १३ जुनमा त्यहाँ जाने र त्यहाँबाट फर्केपछि आउने सोच्छु भन्नुभएको छ, मलाई लाग्छ उहाँ छिट्टै नेपाल आउनु हुन्छ ।’
सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री हुँदा मोदीले आफ्नो विदेश भ्रमण नेपालबाट गरेका थिए । त्यसपछि उनले पटक पटक नेपाल भ्रमण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमाका किसान अदुवा खेतीमा आकर्षित
-
सहकारीद्वारा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा
-
तनहुँका सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइँदै
-
घट्दो विद्यार्थी सङ्ख्या रघुगंगाको मुख्य शैक्षिक चुनौती
-
लारिनको गोलमा क्यानडाको उत्कृष्ट कमब्याकः बोस्नियासँग १–१ को बराबरी खेल्दै बाँड्यो अंक
-
६ मिनेटको इन्जुरी समय थप, क्यानडा र बोस्निया निर्णायक गोलको खोजीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण