यी हुन् अमेरिकामा सबैभन्दा धेरै पटक पक्राउ परेका व्यक्ति
अमेरिका । एक पटक जेल गएपछि दोहोर्याएर जेल जाने काम सकेसम्म मान्छेले गर्दैन । जेलमा जान नपरोस् वा चाँडै छुटोस् भनेर मान्छेहरू अनेक दाउपेच गर्छन् । तर अमेरिकामा एक जना यस्ता मान्छे थिए जो एक दुई पटक होइन सयौँ पटक जेल गएका थिए । उनी अमेरिकाको केन्टकीको लेग्जिन्टनमा बस्ने हेनरी अर्ल थिए । गएको महिना उनको मृत्यु भएको छ ।
अर्ल अधिकांश समय रक्सीको नशा हो–हल्ला गरेको आरोपमा समातिएका थिए । सन् १९९२ यता अर्ल १ हजार ३०० पटक जेलमा गएका छन् । त्यस अघिको जेल सजाय डकुमेन्टेड नभएको बताइएको छ ।
अनडकुमेन्डसमेत गर्दा उनी १ हजार ५०० पटक भन्दा बढी पक्राउ परेको बताइएको छ । यस अवधिमा उनी ६ हजारभन्दा धेरै दिन जेलमा बसेका थिए ।
उनी पहिलो पटक सन् १९७० को जुलाईमा २० वर्षको उमेरमा अवैध हतियार बोकेको आरोपमा समातिएका थिए । सबैभन्दा पछिल्लो पटक भने उनी सन् २०१७ को अप्रिलमा रक्सी खाएर सार्वजनिक स्थलमा होहल्ला गरेको आरोपमा समातिएका थिए । जीवनको अन्तिम समय अर्लले हेल्थ सेन्टरमा बिताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण