एमाले काठमाडौँ नेतृत्वका लागि मतदान जारी
काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ ।
काठमाडौँको कार्की ब्याङ्केटमा केही समयअघिदेखि मतदान सुरु भएको हो । विद्युतीय मेसिनमार्फत मतदान भएकाले नतिजा मंगलबार साँझसम्म आउने बताइएको छ ।
एमाले काठमाडौँको अध्यक्ष पदमा दीपक निरौला र निर्मल देउवाले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिएका छन् । सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु महर्जन, गुञ्जमानसिंह बस्नेत तथा तारा भण्डारीको उम्मेदवारी परेको छ ।
अधिवेशनले ५ पदाधिकारीसहित दुई सय २५ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गर्नेछ ।त्यस्तै ७ सदस्यीय लेखा समिति पनि अधिवेशनमार्फत चयन हुनेछ । ५ सय ८५ प्रतिनिधि सहभागी अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
-
जनसाङ्ख्यिकीय सङ्क्रमणको कोणबाट युवाका आकाङ्क्षा र राज्यको दायित्व
-
टाइफुन ‘बाभी’को कहर : चीनमा ९ लाखभन्दा बढी विस्थापित
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण