जुम्लाको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई नेविसंघको सहयोग
बुधबार, ३० जेठ २०८१, १० : ४३
जुम्ला । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले जुम्लाको एक आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद एवं खाद्यान्न सामाग्री वितरण गरेको छ । नेविसंघ केन्द्रीय कार्य समितिको पहल तथा जिल्ला कार्य समितिको संयोजनमा गुठीचौर गाउँपालिका–१ मा रहेको हिमाली रम्बा आधारभूत आवासीय विद्यालयलाई शैक्षिक, खेलकुद तथा खाद्यान्न सहयोग गरेको हो ।
हिमाली रम्बा आधारभूत आवासीय विद्यालयमा हाल ४२ जना विद्यार्थी अध्ययनरत छन् भने अधिकांश बालबालिका अभिभावकविहीन छन् ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले प्रारम्भिक बालविकास विद्यार्थीलाई सरकारले प्रदान गर्दै आएको दिवा खाजाको रकम पालिकास्तरबाट समेत थप वृद्धि गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
-
'बजेट कम भएकै कारण शिक्षा सुधार रोकिँदैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण