तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा
विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो ।
जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए ।
सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले दर्पण स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको लागि मोर्डन एराको तर्फबाट चिरिन्जवि भूजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेर अफ द म्याच रोसिक राई घोषित भए ।
बिहिबार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाईन र पूर्वाञ्चल, तेस्रो सिद्धार्थ र सगरमाथा र चौथो खेल जेम्स र डिपिएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण