चीनमा २३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे
बेइजिङ । चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र आनीबानी मिलेको पाए । समय बित्दै जाँदा मित्रता प्रेममा परिणत भयो ।
तर यो प्रेम सम्बन्धलाई युवतिको घरपरिवारले स्वीकार गरेन । हुन् पनि हजुरबुबाको उमेरका पुरुषलाई छोरीको प्रेमीको रूपमा स्वीकार गर्नु पनि कसरी ? तर युवतिले लिले वृद्धलाई छोड्न मानिन् । बरु उसले घरपरिवारसँग सबै सम्बन्ध तोडेर लिसँग बस्न थालिन् । दुवैले साधारण समारोहमा हालै बिहे पनि गरेका छन् । तर यो वैवाहिक समारोहमा बेहुला र बेहुली दुबै पक्षका कोही पनि सहभागी भएका थिएनन् ।
सियाओफाङ र लिको प्रेम कथाले अनलाइन गर्माएको छ । धेरैले युवतिलाई वृद्धाको पैसाका लागि बिहे गरेका भनिरहेका छन् । तर लि निकै बुढो र बारम्बार बिरामी पर्ने भएकोले युवति आफैँले काम गरेर दुवैको पेट भर्नु पर्ने स्थिति छ । केहीले भ्यु र अटेन्शनका लागि वयोवृद्धसँग बिहे गरेको पनि भनिरहेका छन् ।
सियाओफाङ बेला बेलामा सामाजिक सञ्जालमा आफू र लिको फोटो अनि भिडियोहरू पोस्ट गरिरहन्छिन् । उनीहरूको सम्बन्धबारे चिनियाँ समाज पनि विभाजित देखिन्छ । केहीले यसलाई उमेरले छेक्न नसकेको प्रेम सम्बन्ध भनेका छन् भने केही चाहिँ उमेर अन्तर अति नै धेरै भएको र उनीहरूबिचको प्रेम साँचो हुन नसक्ने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण