काठमाडौँमा आज राति हल्का वर्षा हुने, तापक्रम भने ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।
आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबिच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए। उनले भने, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए ।
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण