काठमाडौँमा आज राति हल्का वर्षा हुने, तापक्रम भने ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान
_sCLDfWVnnm.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ ।
आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबिच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए। उनले भने, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए ।
विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभा : समितिमा विचाराधीन ४ विधेयकका प्रतिवेदन पेस
-
पर्वतका ६ स्थानीय तहले निर्माण गरे आफ्नै भवन
-
के कारणले बिरामी भइरहेका छन् बालबालिका ?
-
सुपर–३ चरणको अन्तिम खेलमा थाइल्यान्डसँग ७८ रनले हार्यो नेपाल
-
सर्लाहीमा दुई मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु
-
गभर्नर टुङ्गिएसँगै सेलायो सरकार ढल्ने चर्चा