छोरालाई दिइएको सजाय माफ गर्दिन – बाइडेन
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अवैध बन्दुक मामिलामा आफ्ना छोरा हन्टर बाइडेनको सजाय माफी नगर्ने बताएका छन् । अमेरिकामा अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिको सजाय माफी दिने वा घटाउने वा परिमार्जन गर्ने अधिकार राष्ट्रपतिलाई छ । बाइडेनका छोरालाई अवैध रूपमा हतियार खरिद गरेको र लागुऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो ।
गत हप्ता सङ्घीय अदालतले हन्टरलाई दोषी ठहर गरेपछि बाइडेनले पहिलो पटक यस मुद्दामा प्रतिक्रिया दिएका छन् । लागुऔषधको कुलतबाट छोरा मुक्त भएको भन्दै हन्टरप्रति गर्व रहेको पनि उनले बताएका थिए । अहिले छोरा धेरै विनम्र र प्रतिभाशाली व्यक्ति भएको उनको भनाइ छ । जी–७ सम्मेलनमा भाग लिन इटाली पुगेका बाइडेनलाई पत्रकारहरूले हन्टरको सजाय कम गर्न कदम चाल्छन् कि चाल्दैनन् भनेर सोधेका थिए । ‘म यस विषयमा सन्तुष्ट छु कि म यसबारे केही गर्ने छैन ।
मैले भनिसकेको छु कि जुरीले जे निर्णय गर्छन् मलाई त्यो स्वीकार छ । म यसमा कायमै छु र म हन्टरलाई माफ गर्ने छैन ।’ बाइडेनले भनेका छन् । हन्टर बाइडेनलाई हालै लागुऔषध लिएको र बन्दुक राखेको तीनवटा मुद्दामा दोषी ठहर गरिएको थियो । आफ्नो छोरालाई दोषी ठहराउनु अघि नै बाइडेनले उनी दोषी ठहर भए भने सजाय माफी नदिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण