जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनायो : उपाध्यक्ष पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई उत्साहित बनाएको बताएका छन् ।
शुक्रबार एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताए । उनले एकआपसमा दोषारोपण गरेर नभई हरेकले गुणलाई आत्मसात् गरेर पार्टी कमिटीलाई चलायमान बनाउनुपर्ने बताए । उनले विकास र राजनीतिलाई जोडेर अगाडि बढाउनुपर्ने बताए ।
यस्तै पोलिटब्युरो सदस्य लीला गिरिले एमालेका नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । उनले पार्टीका नेता र एमालेबाट निर्वाचित जनप्रतिनिधिबिच तालमेल हुनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्कीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण