संसद्मा बजगाईंको प्रस्ताव– नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाऔँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संसद् भवनमा मदिरा पिउने बार बनाउनुपर्ने प्रस्ताव राखेका छन्। शुक्रवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद बजगाईँले विदेशी पाहुनाहरू आउँदा सोसलाइजेन गर्न बार निर्माण गर्नुपर्ने बनाए ।
अमेरिकी संसद् र लन्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेको भन्दै उनले नयाँ संसद् भवनमा मदिरा पिउने बार बनाउन सरकारको ध्यानाकर्षण गराए । ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ, आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ,’ उनले भने, ‘अधिकांश माननीय मदिरा पिउनु हुन्न, तर लन्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा पनि बार रहेछ। त्यसको लिमिटेशन हुन्छ। अहिले बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ।’
संसद् भवनभित्र बार निर्माण गर्दा पर्यटकीय हिसाबले महत्त्वपूर्ण हुने उनको विश्वास छ। सांसद बजगाईँले माओवादी केन्द्रकी सांसद कल्पना मियाँ मिसारले दिएको अभिव्यक्तिलाई सङ्केत गर्दै उक्त प्रस्ताव राखेका हुन् ।
शुक्रबारकै प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद मियाँले नेपालको नाम विश्वभर चिनाउने आरोही निर्मल पुर्जामाथि संसदमा व्यक्तिगत मानमर्दन गर्न नपाइने भन्दै सांसद बजगाईँले जेठ २२ को प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएकी थिइन् । साथै उनले सांसद बजगाईँलाई इंगित गर्दै अघिल्लो बजेटका बेलामा संसदमा रक्सी खाएर सांसद आएको समेत बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण