चोइटिएकाहरूबाट पार्टीलाई कुनै असर छैन : उपेन्द्र यादव
शुक्रबार, ३२ जेठ २०८१, १६ : ३७
वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रभावमा परेर चोइटिएर गएकाहरूबाट पार्टीलाई कुनै असर नपरेको बताएका छन् । राष्ट्रिय एकता महाधिवेशन सकिए लगत्तै जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।
उनले भने, ‘महाधिवेशनले जसपासँग जनसमर्थन रहेको प्रमाणित गरिसकेको छ, किनकि त्यहाँ विशाल सहभागिता थियो । भव्यताका साथ उद्घाटन सत्र पनि सम्पन्न भयो, प्रमाणित भयो जसपासँग जनसमर्थन घटेको छैन ।’
अध्यक्ष यादवले महाधिवेशन पूर्ण रुपमा सफल भएको तर्क समेत गरे । महाधिवेशनले जसपासँग जनता र जनतासँग जसपा रहेको सन्देश दिएको उनले बताए ।
महाधिवेशनले बाँकी नेतृत्व छनोट गर्न दिएको जिम्मेवारी काठमाडौँ पुगेपछि टुङ्गो लगाउने उनले बताए । यादवले महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण