पत्रकार सम्मेलन
सिंहदरबार छिर्न अब कसैलाई चिन्नुपर्दैन : गृहमन्त्री
शुक्रबार, ३२ जेठ २०८१, १६ : ५२
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन् । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री लामिछानेले भने– ‘सिंहदरबार पहुँचवालाको लागि मात्र प्रवेश पाउने निकाय थियो तर, अब त्यो अवस्था अन्त्य भएको छ ।’
मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशमा ई–गेट पास प्रणाली लागू गरिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको छ ।
सिंहदरबार प्रवेश गर्नुपर्ने काम र आफ्नो परिचयपत्र भएपछि कसैलाई चिन्नु नपर्ने मन्त्री लामिछानेले बताए । उनले भने– ‘आफ्नो मान्छे भएकाले मात्र प्रवेश पाउने व्यवस्था अन्त्य गर्न खोजेका हौँ, हर नागरिकका लागि सिंहदरबार खुला छ ।’
सिंहदरबार छिर्न पहुँचवालाको सिफारिस नचाहिने लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण