बागमती प्रदेशसभामा ६ वटा समितिको वार्षिक प्रतिवेदन पेस
शुक्रबार, ३२ जेठ २०८१, २० : ४०
हेटौंडा । बागमती प्रदेशसभामा ६ वटा संसदीय समितिको प्रतिवेदन पेस भएको छ । प्रदेशसभाका ६ वटा विषयगत समितिले तयार पारेका प्रतिवेदनहरू शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत भएको हो ।
बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण