हेटौंडा अस्पताल, प्रतिष्ठान र सरकारको निर्णय फरक विषय हो : मुख्यमन्त्री जम्कट्टेल
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौंडा अस्पताल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरकारको निर्णय फरक विषय रहेको बताएका छन् । उनले सरकारले गरेको प्रादेशिक अस्पताल निर्माण अध्ययनको विषय प्रतिष्ठान र हेटौंडा अस्पतालसँग जोड्न नमिल्ने बताए ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाएको विषयको जवाफ दिँदै उनले मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरेको बताए । उनले मकवानपुर जनघनत्व बढी भएको र दुर्गम क्षेत्र बढी भएको जिल्ला भएकाले उपयुक्त स्थानमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी सरकारले अध्ययन गर्ने निर्णय गरेको बताए ।
‘मकवानपुरका स्थानीय तहहरूले पूर्वी भागमा अस्पताल बनाउन माग गरिरहेका छन् । सोही अनुसार मन्त्रिपरिषद् बैठकले प्रादेशिक अस्पताल स्थापनाको अध्ययन गर्ने निर्णय गरेको हो । हेटौंडा अस्पताल, प्रतिष्ठान र प्रादेशिक अस्पतालको विषय फरक हो । हामीले मन्त्रिपरिषद् बैठकमा न हेटौंडा अस्पताल न नै प्रतिष्ठानको विषयमा छलफल गरेको छौ,’ उनले भने ।
हेटौंडा अस्पताल र प्रतिष्ठानको विषय राजनीतिक विषय बनाउन नहुने उनको भनाई छ । सरकार र प्रतिपक्ष दलबिच छलफल गरेर उक्त विषयमा अघि बढ्न सरकारको योजना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण