बागमती प्रदेशसभा अगाडी प्रदर्शन, प्रदेशसभा बैठक अझै सुरु भएन
हेटौँडा । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वस्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न माग गर्दै बागमती प्रदेशसभा अगाडी प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रका युवाहरुले प्रदेभ सभा भवन अगाडी अस्पताललाई नीजिकरण गर्न नहुने भन्दै प्रदर्शन गरेका हुन् ।
युवाहरुले विरोध स्वरुप कालो ब्यानरसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले अस्पताललाई स्मारक बनाउन बन्द गर, क्याबिनेटको निर्णय मान्य हुन्न, सार्वजनिक सम्पत्तिलाई नीजिकरण गर्न बन्द गर जस्ता नारा लगाएका छन् । प्रदेश सभाको बैठक अगाडी उनीहरुले प्रदर्शन गरेका हुन् ।
बागमती प्रदेशसभाको बैठक आज ४ बजे बस्ने तय भएको थियो । उक्त बैठकमा प्रदेश सरकारको बजेट प्रस्तुत हुने कार्यक्रम थियो । प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । बैठक सुरु हुन केहीबेर लाग्ने जनाएको छ ।
बागमती प्रदेश सरकारको शुक्रबार बसैको बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने निर्णय गरेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रुपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने सरकारले निर्णय गरिएको हो ।
यता प्रमुख प्रतिपक्षि दल नेपाली काङ्ग्रेसले भने हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्न कांग्रेसको माग गर्दै आइरहेको छ । प्रदर्शनलाई नेपाली कांग्रेस, राप्रपा, एकीकृत समाजवादी लगायतका दलका नेता र सांसदहरुले समर्थन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण