सर्यो बागमतीको बजेट भाषण, ६ बजेदेखि सुरु हुने
शनिबार, ०१ असार २०८१, १७ : २५
काठमाडौँ । बागमती प्रदेश सरकारको बजेट भाषण सरेको छ । प्रदेशसभाको सचिवालयले एक सूचना जारी गर्दै पूर्व निर्धारित समयमा प्राविधिक कारणले बजेट भाषण सुरु हुन नसकेको जानकारी दिएको हो ।
बागमती प्रदेशले ४ बजेटका लागि बैठक आह्वान गरेको थियो । तर प्राविधिक कारणले सो समयमा बजेट भाषण सुरु हुन नसकेपछि ६ बजेटदेखि भाषण सुरु हुने भएको छ । हालसम्म बागमतीसँगै मधेस प्रदेशले पनि बजेट भाषण सुरु गरेको छैन ।
यसबाहेक, कर्णाली, कोसी, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी सरकारले भने बजेट प्रस्तुत गर्दै छन् । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
संवैधानिक व्यवस्थाअनुसार आज बेलुकासम्म सबै प्रदेश सरकारले बजेट प्रस्तुत गर्नै पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण