बागमती बजेट : हेटौँडामा निर्माण गरिएको धुलो दूध उत्पादन उद्योग सञ्चालन गरिने
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा हेटौँडामा निर्माण गरिएको धुलो दूध उत्पादन उद्योग सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो धुलो दूध उत्पादन उद्योग सञ्चालनको मोडालिटी सहित बजेटमा प्राथमिकता दिएको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
संसदमा बजेट प्रस्तुत गर्दै मन्त्री थपलियाले सो उद्योग सार्वजनीक निजी सरकारी साझेदारीमा सञ्चालन गरिने बताए । सो उद्योग निजी क्षेत्रको संलग्नतामा दुग्ध उत्पादक सहकारी सङ्घसँगको सहकार्यमा सञ्चालन गरिने उनको भनाई छ ।
हेटौँडामा निर्माणाधीन थोक तरकारी बिक्री केन्द्र आगामी आर्थिक वर्षमा सम्पन्न गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण