मुख्यमन्त्री जनता कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मुख्यमन्त्री जनता कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चितवनको माडी, दोलखाको जिरी, सिन्धुलीको दुधौलीमा प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा समुदाय स्तरसम्म सेवा प्रवाह गर्नका लागि ४९ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
विपन्न असहाय, सीमान्तकृत समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बिमाका लागि ११ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । ३०० शैया अस्पताल सञ्चालनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।
चितवनस्थित आयुर्वेदिक औषधालयबाट औषधि उत्पादनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण