मुख्यमन्त्री जनता कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मुख्यमन्त्री जनता कार्यक्रमका लागि २१ करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा चितवनको माडी, दोलखाको जिरी, सिन्धुलीको दुधौलीमा प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले एक माध्यमिक विद्यालय एक नर्स कार्यक्रम कार्यान्वयन र स्थानीय तहसँगको समन्वयमा समुदाय स्तरसम्म सेवा प्रवाह गर्नका लागि ४९ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।
विपन्न असहाय, सीमान्तकृत समुदायका नागरिकको निःशुल्क स्वास्थ्य बिमाका लागि ११ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । ३०० शैया अस्पताल सञ्चालनका लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।
चितवनस्थित आयुर्वेदिक औषधालयबाट औषधि उत्पादनका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । स्वास्थ्य मन्त्रालयका लागि ४ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेरो बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी देखाइयो’ (भिडियोसहित)
-
चट्याङ लागेर बालकको मृत्यु
-
शिक्षा अधिकृत ओझाको निधनमा लेकम गाउँपालिकामा शोक बिदा
-
जुम्लामा असिनापानीले स्याउका बिरुवामा क्षति
-
माउ पार्टीको ‘बेवास्ता’ले लथालिङ्ग कांग्रेसका भ्रातृ संस्था
-
भन्सार छलीको कपडा र मोटरसाइकलसहित एक जना पक्राउ