बागमती सार्वजनिक विश्वविद्यालय र शैक्षिक कार्यक्रम सञ्चालनका लागि १० करोड
शनिबार, ०१ असार २०८१, १९ : २१
हेटौँडा । बागमती प्रदेश सरकारले बागमती सार्वजनिक विश्व विद्यालयको संरचना निर्माण र शैक्षिक कार्यक्रम सञ्चालनका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रदेशको सामुदायिक विद्यालयलाई आवासीय मोडलमा सञ्चालनका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
सहयोग आपेक्षी सडक मानवको पुनः स्थापनाको लागि बजेट विनियोजन गरिएको उनको भनाई छ । गरिबसँग प्रदेश सरकार भन्ने नाराका साथ कृषि तथा साना उद्यमका लागि ब्याज अनुदानका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।
त्यस्तै सामाजिक विकास मन्त्रालयका लागि ३ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण