बागमतीमा प्रदेश सडक गुरुयोजनाका लागि सात अर्ब ७८ करोड विनियोजन
शनिबार, ०१ असार २०८१, १९ : ३८

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजनाका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
प्रदेश लोक मार्ग र प्रदेश मार्गको सीमा तोक्ने र निर्माण व्यवस्थित गर्न गुरुयोजना प्रभावकारी हुने उनले बताए । विपद् जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?