बागमतीमा प्रदेश सडक गुरुयोजनाका लागि सात अर्ब ७८ करोड विनियोजन
शनिबार, ०१ असार २०८१, १९ : ३८
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश सडक गुरुयोजनाका लागि ७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक तथा पुल निर्माणलाई व्यवस्थित गर्न उक्त गुरुयोजना कार्यान्वयन गरेको आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
प्रदेश लोक मार्ग र प्रदेश मार्गको सीमा तोक्ने र निर्माण व्यवस्थित गर्न गुरुयोजना प्रभावकारी हुने उनले बताए । विपद् जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ । त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण