पाकिस्तानको शानदार बलिङबिच आयरल्यान्डको ‘फाइट ब्याक’
फ्लोरिडा । पाकिस्तानी बलरहरूले शानदार बलिङ गरेपछि आयरल्यान्डले १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।
आइतबार राति भएको खेलमा आयरल्यान्डले खराब सुरुवात गरेको थियो । शून्य रनमा पहिलो विकेट गुमाएको टोलीले ६ विकेट गुमाउँदा मात्र ३२ रन जोडेको थियो । तर,गेराथ डेलानी र मार्क अडेरले आयरल्यान्डको इनिङ्सलाई सम्हालेका थिए । डेलानीले १९ बलमा ३१ रन जोडे । उनले एक चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, अडेरले १९ बलमा १५ रन जोडे ।
खेलको अन्त्यतिर जोस लिटलले १८ बलमा २२ रन बनाउँदै टोलीलाई सम्मानजनक योगफलमा पुर्याए । जर्ज डकरेलले १० बलमा ११ रनको योगदान दिए । पाकिस्तानका लागि शाहिन साह अफ्रिदीले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । उनले यस क्रममा मात्र २२ रन खर्चिए ।
त्यस्तै, इमाद वसिमले ४ ओभरमा मात्र ८ रन खर्चिएर आयरल्यान्डका तीन खेलाडीलाई पभेलियन फर्काए । मोहम्मद आमिरले पनि किफायती बलिङ गर्दै ४ ओभरमा ११ रन मात्र खर्चिएर २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण