एउटै मञ्चबाट ४ विजेता घोषणा
काठमाडौँ । ‘मिस एन्ड मिस्टर जुनियर एन्ड सिनियर आइडल–२०२४’को एउटै मञ्चमा एकसाथ ४ विजेता घोषित भएका छन् । स्पार्कल इन्टरटेनमेन्टद्वारा राजधानीमा आयोजित प्रतियोगितामा सिनियर र जुनियर र जुनियर ‘बी’ र ‘मिस्टर जुनियर’ गरी एकसाथ ४ विजेता घोषणा गरिएको हो ।
प्रतियोगितामा जुनियरतर्फ रियान्सु दाहालले शीर्ष उपाधि जित्दा फस्ट रनअप र सेकेण्ड रनरअप क्रमशः सुप्रिया उप्रेती र तेजस्वी केसी भए । तेजस्वीले पब्लिकच्वाइज सबटाइटल समेत हात पारिन् ।
यस्तै, जुनियर ‘बी’ तर्फ पूर्णिमा थापा विजेता घोषित हुँदा भार्गवी शर्मा फस्ट रनरअप र इनिका काफ्ले सेकेण्ड रनरअप भए ।
यस्तै, सिनियरतर्फ सृष्टि बमजन विजेता बन्दा फस्ट रनर अफ नुमा राई तथा सेकेण्ड रनरअप पलेस्वा रघुवंशी भए । यस्तै ‘मिस्टर जुनियर’तर्फ अनमोल उप्रेती विजेता बनेका छन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा उपकुलपति एवं वरिष्ठ गायक शम्भु राईको आतिथ्यमा सम्पन्न यस प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, इभेन्ट अर्गनाइजर निशु झा, अभिनेता रमेश उप्रेती, मिसेस युनिभर्सल सुस्मा सुवेदी, स्नेहा पोखरेल र विना श्रेष्ठ निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण