ज्ञानेन्द्र शाहीले भौतिक मन्त्रीलाई फिर्ता बुझाए बजेट पुस्तिका
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको रोष्टमबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका फिर्ता गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले बजेटप्रति चरम असन्तुष्टि रहेको भन्दै बजेट पुस्तिका सभामुखमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई फिर्ता पठाएका हुन् ।
बजेटमा कर्णालीलाई उपेक्षा गरेको बताउँदै उनले भने,‘यो किताब मन्त्री ज्यूलाई सिधै दिन मिल्दैन म सभामुखज्यू मार्फत भन्न चाहन्छु, म सिङ्गो कर्णालीको तर्फबाट र जुम्लाको तर्फबाट यो बजेट जस्ताको त्यस्तै मन्त्रीज्यूलाई फिर्ता पठाउँछु, चाहिँदैन यो बजेट ।’
बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको भन्दै कर्णालीको विकासका लागि सांसदहरूलाई एकजुट हुन र बजेट पास हुनबाट असफल बनाउन आग्रह गरेका छन् ।
उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिए कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्न सक्ने चेतावनी दिए । सिङ्गो कर्णाली प्रदेशमा धनुषा र झापा जिल्लाको भन्दापनि कम बजेट गएको भन्दै उनले भौतिक पूर्वाधार मन्त्री महासेठलाई तपाई नेपालको मन्त्री हो कि धनुषा र झापाको मात्रै मन्त्री हो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
-
सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
-
युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण