सांसदका प्रश्नको समयमै जवाफ दिन सरकारलाई अध्यक्ष दाहालको रुलिङ
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
मंगलबारको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकारका समयमा नागरिक सरोकारका विषय र समस्याका सम्बन्धमा विषयहरू उठान भएकाले सरकारका सम्बन्धित मन्त्रीहरूलाई जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सभाको नियमावलीमा सांसदहरूले उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले तोकिएको समयमा दिनुपर्ने व्यवस्था रहेको भएपनि प्रभावकारी हुन नसकेको बताए ।
अध्यक्ष दाहालले सम्बन्धित मन्त्रीले जवाफ दिने तालिका समेत सचिवालयले सम्बन्धित मन्त्रालयमा पठाएको तर जल्दाबल्दा विषयको तोकिएको समयमा सभामा उपस्थित भई जवाफ दिने अभ्यास प्रभावकारी नभएको बताए ।
अध्यक्ष दाहालले सभामा उठेका विषयहरूको समयमै जानकारी लिई तोकिएकै समयमा सभामा जवाफ दिन सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण