सरकारले दुध किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ : दीपकबहादुर सिंह
बुधबार, ०५ असार २०८१, १४ : ४८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार बिहान बक्यौता रकम माग गर्दै काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सांसद सिंहले उनीहरूलाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए ।
बुधबार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो मन्त्रालयको बजेट न्यून रहेको भन्दै आपत्ति जनाए । मुलुकलाई चिनाउने भरपर्दो माध्यम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।
सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण