बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । बिहीबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफल प्रारम्भ हुनेछ । बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट माथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् भने सो प्रस्ताव माथि प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन् ।
बैठकमा सांसदहरूले सरकारको आय व्यय र राजस्व सङ्कलनको अनुमान (बजेट) माथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षमा लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०८१-०८२ बजेट वृद्धि गरेको छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट मध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख रुपैयाँ, पुँजीगत तर्फ ३६ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण