स्कोलियोसिस अर्थात् ढाड बाङ्गो हुने समस्या र उपचार
अङ्ग्रेजी वर्षको जुनलाई स्कोलियोसिस जनचेतना महिनाका रूपमा अन्तर्राष्ट्रिय रूपमै मनाउने गरिएको छ । स्कोलियोसिस भनेको मेरुदण्ड÷ढाड बाङ्गो हुने समस्या हो ।
मेरुदण्ड बाङ्गो हुनुका धेरै कारण हुन सक्छन् । यो जन्मदेखि नै हुन सक्छ, जन्मजातबाहेक नसासम्बन्धी समस्याका कारण पनि यो समस्या देखिन्छ । खासगरी १० देखि २० वर्ष उमेर समूहका व्यक्तिमा स्कोलियोसिसको समस्या बढी देखिन्छ, जसलाई हामीले ‘इडिओप्याथिक एडोलेसेन्ट स्कोलियोसिस’ समस्या भन्छौँ । ‘इडिओप्याथिक’ले अहिलेसम्म कारण पत्ता नलागेको, ‘एडोलेसेन्ट’ले १० वर्ष पूरा भएका बालबालिका र ‘स्कोलियोसिस’ मेरुदण्ड बाङ्गो हुने समस्यालाई अथ्र्याउँछ । यसरी बुझौँ— १० वर्ष नाघेका बालबालिकामा देखिने ढाड बाङ्गो हुने समस्या, जसको कारण अहिलेसम्म पत्ता लागेको छैन ।
यो समस्या छोराहरूको तुलनामा छोरीहरूमा बढी देखिन्छ । सातजना छोरीमा यो समस्या देखिँदा छोरा एकजनामा मात्रै देखिन्छ अर्थात् यो समस्या छोराहरूमा भन्दा छोरीहरूमा सात गुणा बढी हुने गरेको पाइन्छ ।
लक्षण
कसैलाई यो समस्या छ भने घरमा अभिभावकले, स्कुलमा शिक्षक तथा साथीहरूले पहिचान गर्न सक्छन् । यो समस्या भएका व्यक्तिमा लुगा लगाउँदा नमिलेको जस्तो देखिन्छ, अर्थात् एउटा कुम माथि र अर्को तल देखिन्छ । यस्तै एकातिरको ढाडको भाग माथि उठेको लगायत लक्षण देखिन्छन् ।
यस्ता समस्या भएका व्यक्तिलाई अगाडि निहुरिएका बेला एकातिरको ढाड माथि अर्कोतिरको तल गएको देखिन्छ ।
ढाड कति डिग्री बाङ्गो भएको छ, त्यसमै यसको उपचार निर्भर गर्छ । कति डिग्री बाङ्गो छ भन्ने ‘एक्स–रे’बाट हेरिन्छ । ढाड २५ देखि ४० डिग्रीसम्म बाङ्गो भएमा पेटी लगाउन सुझाव दिइन्छ, बाङ्गोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया गर्नुपर्छ ।
स्कोलियोसिसको समस्या देखिएको छ भने अस्पतालमा गएर चिकित्सकको सल्लाह लिनुपर्छ । मेरुदण्डको भाग बाङ्गो हुँदै गएको अवस्थामा यसले बच्चाहरूको फोक्सोको विकासलाई असर पु¥याउन थाल्छ, एउटा स्टेजमा पुगेपछि फोक्सो र मुटुको कामलाई असर पु¥याउँछ; त्यसैले यसलाई समयमै पत्ता लगाएर उपचार गर्न जरुरी छ ।
उपचार
ढाड कति डिग्री बाङ्गो भएको छ, त्यसमै यसको उपचार निर्भर गर्छ । कति डिग्री बाङ्गो छ भन्ने ‘एक्स–रे’बाट हेरिन्छ । ढाड २५ डिग्रीभन्दा कम बाङ्गो भएका बिरामीलाई चिकित्सकले निरीक्षणमा राख्ने गर्छन् । यस्तो केसमा फलोअपमा राखेर उपचार गरिन्छ ।
२५ देखि ४० डिग्रीसम्म बाङ्गो भएमा पेटी लगाउन सुझाव दिइन्छ, जसलाई ‘स्पाइनल ब्रेस’ भनिन्छ । स्पाइरल ब्रेसले बाङ्गोपन हुनबाट रोक्छ । बाङ्गोपना ५० डिग्रीभन्दा माथि गएको छ भने कुनै पनि उमेरमा शल्यक्रिया (अप्रेसन) गर्नुपर्छ ।
बाङ्गोपनालाई बढ्नबाट रोक्न जरुरी छ । रोकिएन भने पछि गएर यसले फोक्सोको विकास र मुटुको कामलाई असर गर्छ ।
स्कोलियोसिसको समस्या आउनुको कारण के हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन, अनुसन्धानकै क्रममा छ । विश्वभर यो समस्या देखिएको छ ।
ढाड बाङ्गो भएका १५ देखि २० बालबालिकाको शल्यक्रिया ग्रान्डी अस्पतालले वार्षिक रूपमा गर्दै आएको छ । हालसम्म ग्रान्डीले दुई सयभन्दा बढी बिरामीको शल्यक्रियामार्फत सफल उपचार गरिसकेको छ । नेपालमा पहिलोपटक सन् २००६ मा शल्यक्रियामार्फत यसको उपचार सुरु गरिएको हो ।
स्कोलियोसिस अर्थात् मेरुदण्ड बाङ्गो हुने समस्यालाई समयमै पहिचान गरौँ र उपचार गरौँ ।
(डा. बिजुक्छे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टर हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण