सांसदहरूलाई श्रममन्त्रीको आग्रह : मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुहाेस्
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरूलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मन्त्री अर्यालले विकासका कुराहरूमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए । उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे ।
मन्त्री अर्यालले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए । उनले सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रलाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए ।
मन्त्री अर्यालले संसद् सचिवालयका कर्मचारीहरू आन्दोलित भएकोबारे सरकार गम्भीर रहेको र कर्मचारीहरूका माग सम्बोधन हुनुपर्ने बताए । उनले आन्दोलन गरेपछि मात्रै वार्ता समिति बनाउने कुरा राम्रो नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण