सूचना टाँस गरेर बागमती प्रदेशसभा बैठक स्थगित

हेटौँडा । बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरू बिच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।
बिहीबार बिहान बजेटमाथिको छलफलका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलको अवरोध भएसँगै बैठक ३ बजेका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरी दलहरू छलफलमा जुटेका थिए । उक्त बैठकमा सहमति जुट्न नसके पछि प्रदेशसभाको शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको बजेट सन्तुलित नभएको र दलीय रूपमा बजेटका विषयमा भएका सहमति कार्यान्वयन नभएको भन्दै संसदमा प्रतिपक्ष दलले संसद् चल्न नदिएको हो । बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा संसद् सञ्चालनको विषयमा दलका नेताहरू छलफलमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल
-
बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
-
पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप
-
नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियो : उपसभापति वाग्ले
-
‘३४० वटा कर्जा माछा, दुध र बाख्रामा रहेछन्, अर्को गुगल र च्याट जीपीटी आउँछ जस्तो हल्ला गरियो’