सूचना टाँस गरेर बागमती प्रदेशसभा बैठक स्थगित
हेटौँडा । बागमती प्रदेशसभा बैठक शुक्रबार बिहान ११ बजे सम्मका लागि स्थगित गरिएको छ । बिहीबार दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरू बिच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको हो ।
बिहीबार बिहान बजेटमाथिको छलफलका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलको अवरोध भएसँगै बैठक ३ बजेका लागि स्थगित गरिएको थियो । बैठक स्थगित गरी दलहरू छलफलमा जुटेका थिए । उक्त बैठकमा सहमति जुट्न नसके पछि प्रदेशसभाको शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको बजेट सन्तुलित नभएको र दलीय रूपमा बजेटका विषयमा भएका सहमति कार्यान्वयन नभएको भन्दै संसदमा प्रतिपक्ष दलले संसद् चल्न नदिएको हो । बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा संसद् सञ्चालनको विषयमा दलका नेताहरू छलफलमा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण