बागमती प्रदेशसभा बैठक बस्दै, बजेटको विवाद समाधान गर्न आजै सर्वदलीय बैठक
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । प्रतिपक्ष दलको विरोधसँगै अवरुद्ध भएको बैठक आज शुक्रबार बिहान ११ बजेसम्मका लागि आह्वान गरिएको हो ।
बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल हुने कार्यसूची रहेको छ । बजेट माथिको छलफलका लागि बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्षी दलको अवरोधसँगै बैठक ३ बजेका लागि स्थगित गरिएको थियो । दिउँसो ३ बजे बस्ने तय गरिएको बैठक दलहरूबिच सहमति हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको थियो ।
प्रदेश सरकारको बजेट सन्तुलित नभएको र दलीय रूपमा बजेटका विषयमा भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रदेश सभामा प्रतिपक्षी दलले अवरोध गरेका थिए । बजेटमा भएका असन्तुलन र त्रुटिलाई सच्याउने तथा प्रदेश सभाको बैठक सञ्चालनको विषयमा दलका नेताहरू छलफलमा भइरहेको छ । बजेट माथिको विवाद समाधान गर्न आजै सर्वदलीय बैठक समेत बस्दै छ ।
सर्वदलीय बैठकले बजेटको कमिकमजोरी पक्षलाई सुधार गर्ने र छुटेका विषयलाई समेट्ने विषयमा छलफल गर्नेछ । उक्त विषयहरू समेटेर बजेटलाई सन्तुलित र व्यवस्थित बनाउने सरकारले तयारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण