सीमामा धमाधम पर्खाल लगाइरहेछ उत्तर कोरिया
प्योङयाङ । उत्तर कोरियाले सीमामा पर्खाल लगाइरहेको तस्बिर सार्वजनिक भएको छ । सो मुलुकले दक्षिण कोरियासँगको सीमामा कयौँ स्थानमा पर्खालजस्तो संरचना निर्माण गरिरहेको तस्बिर स्याटलाइटमार्फत सार्वजनिक भएको हो ।
असैन्यकृत गरिएका क्षेत्रभित्रको जमिन पनि खाली गरिएको समाचारहरूमा भनिएको छ । यी दुई देश प्राविधिक रूपमा अझै पनि युद्धकै अवस्थामा छन् । असैन्यकृत गरिएका क्षेत्र दुई कोरियाली देशबिचको फराकिलो बफर जोन हो । यो क्षेत्रलाई दुई हिस्सामा विभाजन गरिएको छ । आ–आफ्नो सीमासँग जोडिएको आधा हिस्सालाई दुबै देशले आफ्नो नियन्त्रणमा राखेका छन् ।
तर उत्तर कोरियाका पछिल्लो गतिविधि भने असामान्य भएको विज्ञहरू बताउँछन् । दुई देशबिच तनाव बढिरहेकै समयमा उत्तर कोरियाले यो कदम चालेको हो । उसको पछिल्लो कदमलाई विश्लेषकहरूले सीमा वरिपरि सैन्य उपस्थिति बलियो र सुदृढ पार्ने प्रयासका रूपमा हेरेका छन् । बीबीसीले हेरेको हाई–रिजोलुशन स्याटलाइट तस्बिरमा दुई देशबिचको सीमामा उत्तर कोरियाले पर्खाल लगाएको देखिन्छ ।
यसमा पूर्वी सीमाको पुछारतिर असैन्यकृत गरिएका क्षेत्र नजिक १ किमी क्षेत्रमा कम्तीमा तीन खण्डमा पर्खाल देखिएको छ । पर्खाल कहिलेदेखि बनाउन थालिएको हो भन्ने स्पष्ट छैन । तर सन् २०२३ को नोभेम्बरमा स्याटलाइटबाट खिचिएको तस्बिरमा यो संरचना देखिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण