बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित

हेटौँडा । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन । बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ ।
सरकारको बजेट माथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध रहेको थियो । प्रतिपक्ष दलको अवरोध पछि दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।
३ बजे पनि बैठक चल्न सक्ने अवस्था नरहेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको थियो । बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाले प्रतिपक्ष दलहरूले बजेट पुनः लेखन गर्न माग गरेका छन् ।
बजेट पुनः लेखन नभए सम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलले चेतावनी दिएका छन् ।
यसैबीच बजेट माथिको विवाद समाधान गर्न प्रदेशसभाका मुख्य ३ दल बिच छलफल भइरहेको जनाइएको छ ।
सत्तारुढ दल माओवादी केन्द्र, एमाले र प्रतिपक्ष दल कांग्रेस छलफलमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहमदावाद विमान दुर्घटना : दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
कोशी प्रदेशः बजेट वक्तव्यमा दुई थरी दाबी, कुन पत्याउने ?
-
बागमती प्रदेशका कुन मन्त्रालयले कति बजेट पाए ?
-
सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेटमा के–के विषय समेटिए ?
-
त्रिवि तोडफोडमा संलग्नलाई काठमाडाैँका सीडीओले सामान्य धरौटीमा छाडे