बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित
हेटौँडा । बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । निर्धारित समयभन्दा २ घण्टा ढिलासम्म पनि बैठक सुरु हुन नसकेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन । बजेट माथिको विवादका कारण प्रदेशसभा बैठक प्रभावित हुँदै आएको छ ।
सरकारको बजेट माथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूको अवरोध रहेको थियो । प्रतिपक्ष दलको अवरोध पछि दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो ।
३ बजे पनि बैठक चल्न सक्ने अवस्था नरहेपछि सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको थियो । बजेट असन्तुलित र त्रुटिपूर्ण रहेकाले प्रतिपक्ष दलहरूले बजेट पुनः लेखन गर्न माग गरेका छन् ।
बजेट पुनः लेखन नभए सम्म बैठक चल्न नसक्ने प्रतिपक्ष दलले चेतावनी दिएका छन् ।
यसैबीच बजेट माथिको विवाद समाधान गर्न प्रदेशसभाका मुख्य ३ दल बिच छलफल भइरहेको जनाइएको छ ।
सत्तारुढ दल माओवादी केन्द्र, एमाले र प्रतिपक्ष दल कांग्रेस छलफलमा जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण