बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस
शुक्रबार, ०७ असार २०८१, २१ : २६
हेटौँडा । बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विनियोजन विधेयक २०८१ पेस गरेका हुन् ।
बैठकमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३३ (५) बमोजिम आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक) पेस गर्न अनुमति दिएसँगै अर्थमन्त्री थपलियाले विधेयक पेस गरेका हुन् ।
अर्थमन्त्री थपलियाले उक्त विधेयक पेस गरेसँगै प्रदेशसभाको बैठक आगामी असार ११ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण