बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस

शुक्रबार, ०७ असार २०८१, २१ : २६
शुक्रबार, ०७ असार २०८१

हेटौँडा । बागमती प्रदेशसभामा विनियोजन विधेयक पेस भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले विनियोजन विधेयक २०८१ पेस गरेका हुन् ।

बैठकमा प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३३ (५) बमोजिम आर्थिक वर्ष २०८१/०८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (विनियोजन विधेयक) पेस गर्न अनुमति दिएसँगै अर्थमन्त्री थपलियाले विधेयक पेस गरेका हुन् ।

अर्थमन्त्री थपलियाले उक्त विधेयक पेस गरेसँगै प्रदेशसभाको बैठक आगामी असार ११ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप