महाकाली नदीमा डुबेर एक किशोरीको मृत्यु, अर्का एक जना बेपत्ता
शनिबार, ०८ असार २०८१, २० : ०५
बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक किशोरीको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएकी छन् ।
मृत्यु हुनेमा शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।
शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज विहान १० बजेतिर नुहाउने क्रममा रजनी बेपत्ता भएको र केही समयपछि नेपाल प्रहरी र स्थानीयले मृतावस्थामा फेला पारेको प्रहरीको भनाइ छ ।
रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया बालिका अस्मिता चाँड भने बेपत्ता छिन् । उनको खोजी जारी छ । अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण