दक्षिण कोरियाको राजदूतमा सिफारिस सुशील प्याकुरेलद्वारा पद अस्वीकार !
काठमाडौँ । मन्त्रिपरिषद् बैठकबाट दक्षिण कोरियाको राजदूतमा सिफारिस भएका मानवअधिकारकर्मी समेत रहेका सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् ।
प्याकुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्रनै लेखेर आफूलाई दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिन आग्रह गर्न लागेको निकटस्थसँग बताएका छन् । एमालेको कोटाबाट सिफारिस उनले एमालेलाई पनि यसबारे जानकारी गराइसकेको स्रोतले रातोपाटीलाई बतायो ।
प्याकुरेलले आफूलाई राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क समेत नगरेको गुनासो गरेका छन् ।
‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन’, प्याकुरेलले निकटस्थसँग भनेका छन्, ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।’ उनले यही बेहोराको पत्र प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।
साथै, उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक भएको औँल्याएका छन् ।
यस सम्बन्धमा प्याकुरेलले अहिले राजदूतमा रुचि नरहेको स्वीकार गरे पनि थप प्रतिक्रिया दिन चाहेनन् ।
‘अहिले किन हतार गर्नुपर्यो । प्रक्रिया पुरा गर्दै छु’, प्याकुरेलले रातोपाटीसँग भने ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न आठ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण