डेंगु संक्रमित बढ्दै, ४ दिनमा २० जनामा पुष्टि
आइतबार, ०९ असार २०८१, १८ : १२
काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या बढ्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको हो ।
देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमित देखिएको छ । असार ५ गते १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरीदेखि जुन २३ सम्म देशभरका १२ सय ६८ जनामा डेंगु पुष्टि भएको छ ।
‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण