बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो : रमेश लेखक

सोमबार, १० असार २०८१, १६ : २८
सोमबार, १० असार २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो प्रधानमन्त्रीको ठाउँमा राम्रो जादुगर बनेर आउनुभएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले अस्थिरताको चुनौती कायम रहेको बताए ।

उनले प्रधानमन्त्री दाहालले आफ्नो दलको सङ्ख्या नभएर जादु रहेको बताएकाे कुरा स्मरणा गर्दै देशलाई राम्रो प्रधानमन्त्री चाहिएको तर प्रधानमन्त्री राम्रो जादुगर भएर आउनुभएको टिप्पणी गरे । उनले विडम्बनापूर्ण अवस्थामा नेपाली नागरिकहरू बाँच्नु परिरहेको बताउँदै अहिले पनि धेरै चुनौतीहरू व्यहोर्नु परिरहेको बताए ।

उनले मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता भएको समेत बताए ।

‘कतिपय चुनौतीहरू अहिले पनि हामीले व्यहोर्नु परिरहेको छ । अहिले अस्थिरताको चुनौती छ । मुलुकमा स्थिरता, समृद्धि, मुलुकको उन्नति, दिगो शान्ति, विकास र सुशासन आजको आवश्यकता छ । तर राजनीतिक अस्थिरताले यी सबै कुरालाई ओझेलमा राखेको छ’ उनले भने, ‘अझै कति दिन अस्थिरता व्यहोर्नुपर्ने हो भन्ने कुरा पनि थाहा छैन । सम्माननीय प्रधानमन्त्रीजीले यो मेरो सङ्ख्या होइन जादु हो भन्नुभएको छ । हामीलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, उहाँ राम्रो जादुगर भएर आउनुभएको छ । त्यस्तो विडम्बनामा हामीले बाँच्नुपरिरहेको छ ।’ 

उनले लोकतन्त्र भनेको विचारको बजार भएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप