सुरु भयो नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक
काठमाडौँ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक काठमाडौँमा सुरु भएको छ ।
राजधानीमा सुरु बैठकमा भाग लिनका लागि चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङ आइतबार नै काठमाडौँ आइपुगेका छन् ।
चीनको तर्फबाट मन्त्री वेइतोङ र नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयको सचिव सेवा लम्साले बैठकको नेतृत्व गरेका छन् । बैठकमा नेपाल–चीन बिच शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात, जलस्रोत लगायतको विषयमा छलफल हुने बताइएको छ ।
विभिन्न समयमा भएको उच्च स्तरीय भ्रमणका क्रममा भएको सम्झौता कार्यान्वयन पक्षबारे बैठकमा समीक्षा समेत हुने बताइएको छ । साथै दुई देश बिचको सम्बन्धका हरेक पाटोको बारेमा बारेमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए । उनले भने, ‘नेपाल–चीनको बिचमा समग्र विषयमा छलफल हुन्छ ।’
बैठकमा परराष्ट्रमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।
असार ५ गते चीनमा संयुक्त विज्ञ समूहको बैठक बसेको थियो । त्यसमा सीमालगायतका विषयमा विस्तृत छलफल भएको थियो । त्यहाँ भएको छलफलको विषयमा पनि अहिले सामान्य कुराकानी हुने बताइएको छ ।
विज्ञ समूहको बैठकले सीमा विवादलगायतको विषयमा उच्च स्तरीय छलफल गरेर चाँडो टुंगो लगाउने सहमति भएको छ । अब नेपालमा दुई पक्षको बिचमा उच्च स्तरीय छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव