पारा तथा विशेष खेलकुद सुरु : एक सय २५ स्वर्णका लागि प्रतिस्पर्धा
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यालय त्रिपुरेश्वरमा सुरु भएको प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव टंकलाल घिसिङ गरे ।
प्रतियोगितामा विभिन्न १३ खेलको प्रतिस्पर्धा हुने पारा तथा विशेष खेलकुद प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिकी संयोजक राखेपकी सदस्य पेमा डोल्मा लामाले बताइन् ।
एथलेटिक्स, व्हीलचेयर बास्केटबल, बोसिया, क्रिकेट, साइक्लिङ, एम्पुटी फुटबल, दृष्टिविहीन गोलबल, जुडो, साउन्ड टेबलटेनिस, पारा टेबलटेनिस, पौडी र भारोत्तलनको प्रतिस्पर्धा हुनेछ । कूल १२५ स्वर्ण, १२५ रजत र १४३ कांस्यका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
पारा राष्ट्रिय खेलकुदको उद्घाटन गर्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलाडीहरूले पेरिस पारा ओलम्पिकमा छनोट भइरहँदा यहाँ पाराको नाममा झगडा गर्नु दुःखद रहेको बताए ।
उनले भने, ‘पारा राष्ट्रिय खेलकुदको विकास, गतिशीलताका लागि नेपाली पारा ओलम्पिकले खेलले उचाइ हासिल गर्दै गर्दा हामी पाराका नाममा झगडा गर्नु दुःखद पक्ष हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट सहभागिता जनाउन दुई जना खेलाडी सहभागी हुँदै गर्दा त्यसले एउटा उचाइ हासिल गरेको छ । तर हामी देशभित्र पाराका नाममा एकअर्कासँग विवाद गर्नु दुःखद पक्ष हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि लामिछानेसमक्ष पुग्यो वीरगन्ज मेनरोडको मुद्दा
-
कर्णालीको संसद्मा धकेलाधकेल, सरकारले भन्यो– संसद् कुस्ती खेल्ने ठाउँ होइन
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण